Sanima Reliance Life Insurance

मेरो मुटु – बाल जीवन योजना

जारी गरिएको मिति: २०७५/०३/१७

मेरो मुटु बाल जीवन योजना

For your childs precious future.

यो योजना तपाईको बच्चाको भविष्य सुरक्षित गर्नको निम्ति एक उपयुक्त  योजना हो । यो  योजनाले तपाईको अनुपस्थितिमा  तपाईको बच्चालाई बचत र सुरक्षाको कवज एकै साथ प्रदान गर्दछ ।  यो योजना अन्तर्गत तपाई र तपाइको बच्चा दुवैको जीवन रक्षवारण एकै साथ गर्न सकिनेछ ।

विशेषताहरु 

१) बीमालेख चालु भएको अवस्थामा प्रस्तावकको मृत्यु भएमा

(क) पूर्ण बीमाङ्क रकम तुरुन्त भुक्तानी दिइनेछ र बीमालेखको अवधि समाप्त वा बिमित बच्चाको  मृत्यु नभएसम्म बीमालेख चालु रहनेछ ।

(ख)उल्लेखित बीमालेख अन्तर्गत भुक्तान गर्नुपर्ने सबै बीमाशुल्क  मिनाहा हुनेछ ।

(ग) बीमाङ्कको १% रकम हरेक महिना मासिक आयको रुपमा बीमालेख चालु रहेसम्म भुक्तानी दिइनेछ ।

 

२)बीमालेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकको दुर्घटना वा रोगका कारण स्थायी अशक्तता भएमा: 

(क) उल्लेखित बीमालेख अन्तर्गत तिर्नुपर्ने सबै बीमाशुल्क मिनाहा हुुनेछ ।

(ख) बीमाङ्कको १% रकम मासिक आयको रुपमा भुक्तानी दिइनेछ । यस्तो मासिक आय प्रस्तावक स्थायी अशक्त भएको मितिबाट शुरु गरिनेछ र  बीमालेखको अवधि समाप्त हुने    मितिसम्म दिइनेछ ।

३) बीमा अवधि समाप्ति सम्म बीमित बच्चा जीवित रहेमा: बीमाङ्क र बोनस रकम भुक्तानी दिइनेछ ।

 

४) बीमा अवधि समाप्त हुनु अगावै बीमित बच्चाको मृत्यु भएमा निम्नानुसार भुक्तानी पाईनेछः

(क) बच्चाको उमेर १ महिना देखि २ वर्ष सम्म — बीमाङ्क रकमको ४०% र नियमानुसारको आर्जित बोनस ।

(ख) बच्चाको उमेर २ वर्ष भन्दा माथि देखि ४ वर्ष सम्म — बीमाङ्क रकमको ६०% र नियमानुसारको आर्जित बोनस ।

(ग) बच्चाको उमेर ४ वर्ष भन्दा माथि देखि ६ वर्ष सम्म — बीमाङ्क  रकमको ८०% र नियमानुसारको आर्जित बोनस  ।

(घ) बच्चाको उमेर ६ वर्ष भन्दा माथि — बीमाङ्क  रकमको १००% र नियमानुसारको आर्जित  बोनस ।

दावी  बीमाङ्कको २५% रकम बीमितको मृत्यु भएको समयमा र बीमाङ्कको ७५% र बीमितको मृत्यु हुँदा सम्म आर्जित नियमानुसारको बोनस रकम बीमा अवधि समाप्त हुँदा भुक्तानी दिइनेछ ।

योग्यता:

न्यूनतम बीमाङ्क रकम                                         ५०,०००

अधिकतम बीमाङ्क रकम                                    आम्दानी श्रोत र बीमा शुल्क भुक्तान क्षमतामा निर्भर रहने

न्यूनतम प्रवेश उमेर (बीमित बच्चा)                     १ महिना

न्यूनतम प्रवेश उमेर (प्रस्तावक)                          २१ बर्ष

अधिकतम प्रवेश उमेर (बीमित बच्चा)                 १५ बर्ष

अधिकतम प्रवेश उमेर (प्रस्तावक)                      ५५ वर्ष

न्यूनतम बीमा अवधि                                           १० वर्ष

अधिकतम बीमा अवधि                                       २५ वर्ष

अधिकतम बीमा समाप्ति उमेर (बीमित बच्चा)     २५ वर्ष

अधिकतम बीमा समाप्ति उमेर (प्रस्तावक):         ६५ वर्ष

More Products
शुभलक्ष्मी (सावधिक जीवन बीमा)
शुभलक्ष्मी (सावधिक जीवन बीमा)

हामी नेपालीहरुको आकांक्षा अनुकूल हुने गरि नयाँ जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने कम्पनिको प्रतिवद्धता अनुसार कम्पनिको प्राविधिक तथा व्यवस्थापन  समुह र जीवन बीमाका विशेषज्ञ समेतको संयुक्त समुहबाट देशको सामाजिक तथा आर्थिक स्थितिलाई मध्य नजर गरि विभिन्न व्यवसाय वा पेशामा संलग्न समूह तथा व्यक्तिहरुको लागि उपयुक्त हुने अपेक्षा लिई “सानिमा शुभ लक्ष्मी” (सावधिक) जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गरिएको छ । कम्पनिले आर्जन गरेको मुनाफामा सरिक हुने गरि आर्थिक सुरक्षा तथा बचत गर्न यो बीमा योजना सर्व स्वीकार्य हुने निश्चित छ । यस योजनाको विस्तृत विवरण निम्नानुसार रहेको छः यस योजनाका आधारभूत सुविधाहरू, प्रतिबन्धहरू र वैधानिकताः क) न्यूनतम प्रवेश उमेर : १६ वर्ष […]

Read More
View More Products
Find Sanima Reliance Life Insurance Address

Find the nearest Sanima Reliance Life Insurance office to you.